काठमाडौँ – नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत रहेका छन् ।
उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौँतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
बलात्कारविरुद्ध देशभर प्रदर्शन चर्केपछि ‘बलात्कारी संगठन’ नामक ग्रुप चर्चामा आएको थियो ।
ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।