Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

घुस लिएको आरोपमा सहकारीका पूर्व रजिस्ट्रार पराजुली पक्राउ  

घुस लिएको आरोपमा सहकारीका पूर्व रजिस्ट्रार पराजुली पक्राउ  

  • बुधवार, पौष ११ २०८०

  • 944
    SHARES

  • घुस लिएको आरोपमा सहकारीका पूर्व रजिस्ट्रार पराजुली पक्राउ  
    काठमाडौं । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली पक्राउ परेका छन् ।
     
    पोखरा महानगरपालिका-९ नयाँ बजारस्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि १ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पराजुलीलाई  पक्राउ गरिएको हो । 
     
    सहकारीका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्टार पराजुलीलाई सो रकम घुस दिएको बयानका आधारमा उनको नाममा पुस ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।
     
    पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । उनलाई कार्यकक्षबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ  ।


    बुधवार, पौष ११ २०८००३:४२:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij