काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली अहिले छ। बाँकी भूभागको मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि यी तीन प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी,बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र बागमती प्रदेशको पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।