Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बिरामीको मृत्यु भएपछि मनमोहन अस्पतालमा तनाव

बिरामीको मृत्यु भएपछि मनमोहन अस्पतालमा तनाव

  • मंगलवार, पौष १० २०८०

  • 627
    SHARES

  • बिरामीको मृत्यु भएपछि मनमोहन अस्पतालमा तनाव

    काठमाडौं। बिरामीको मृत्यु भएपछी झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ। घुँडामुनि सुन्निएको समस्या लिएर अस्पताल पुगेकी बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटाको अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको हो।

    बाँस्कोटालाई सोमबार बिहान अस्पतालमा उपचारका लागी भर्ना गरिएकोमा स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका हुन्।

    रिपोर्ट नदिनु र उपचार नगर्नु लापरवाही भएकोले मृतकका छोराछोरीको पालनपोषण,शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्य कर्मीलाई कारबाही गर्नुपर्ने आफुहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताउनुभयो।

    इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन्। घटनाका विषयमा छलफल भइरहेको र हिजोदेखी नै अस्पताल परिसरमा सुरक्षा कडा बनाएको अस्पताल प्रशासनले जनाएको छ।


    मंगलवार, पौष १० २०८००३:५३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij