Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रुसी सेनामा भर्ना भएका एकसय नेपाली हराएका छन् : मन्त्री साउद

रुसी सेनामा भर्ना भएका एकसय नेपाली हराएका छन् : मन्त्री साउद

  • मंगलवार, पौष १० २०८०

  • 627
    SHARES

  • रुसी सेनामा भर्ना भएका एकसय नेपाली हराएका छन् : मन्त्री साउद

    काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताउनुभएको छ ।

    ‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले कुराकानीमा भन्नुभएको छ ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’

    बेपत्ता भएकाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा बोलाएको उहाँले बताउनुभयो । राजदूतलाई आफूहरूले यसबारे चासो राखेकोबारे सरकारसम्म पुर्‍याउन स्पष्ट सन्देश दिएको पनि मन्त्री साउदले बताउनुभयो ।

    काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताउनुभयो ।

    ‘करिब दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ। त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो,’ उहाँले भन्नुभयो, ‘किन भने सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। यो संख्या दुई सयभन्दा बढी रहेको हुन सक्ने हाम्रो अनुमान छ।’

    कतिपय नेपालीहरू युक्रेनको बन्धक छन्। उनीहरूलाई छुटाउन युक्रेनी सरकारसँग पनि सम्पर्क गरेको उहाँले बताउनुभयो ।

     


    मंगलवार, पौष १० २०८००३:४०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij