Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा सासूबुहारीको मृत्यु

जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा सासूबुहारीको मृत्यु

  • सोमवार, पौष ९ २०८०

  • 365
    SHARES

  • जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा सासूबुहारीको मृत्यु

    काठमाडौं । जंगली जनावरको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई जना महिलाको मृत्यु भएको छ ।

    विनयीत्रिवेणी गाउँपालिका–१ मा सासूबुहारीको मृत्यु भएको छ । घाँस काट्न विनय सामुदायिक वनमा गएका ६० वर्षीया सासु मनादेवी पौडेल र २८ वर्षीया बुहारी विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार हिजो दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा गए राति दुई जना महिलाको शव फेला परेको हो ।

    कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन् ।


    सोमवार, पौष ९ २०८०१०:४०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij