Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ भव्यरुपमा मनाउँदै, सार्वजनिक बिदा

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ भव्यरुपमा मनाउँदै, सार्वजनिक बिदा

  • सोमवार, पौष ९ २०८०

  • 536
    SHARES

  • क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ भव्यरुपमा मनाउँदै, सार्वजनिक बिदा

    काठमाडौं । आज क्रिश्चियन धर्मावलम्बीहरूले विश्वभर ‘क्रिसमस डे’ भव्यरुपमा मनाउँदैछन् ।

    अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ।

    क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमसमा येशुको शिक्षा एवम् उपदेशको मनन गर्नुकासाथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । 


    सोमवार, पौष ९ २०८००७:०१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij