काठमाडौं । सातौ मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रमबाट नेपाली रेडियो नेटवर्कका समाचार संयोजक खेम बम सम्मनित हुनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बमसहित नेपाल टेलिभिजनका कार्यकारी निर्माता दिपक समिर, मेगा टेलिभिजनका सुर्दशन प्रसाद आचार्य सम्मानित भएका हुन् ।
सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार‘ मनास्लु पोष्टकोे सातौ बर्ष पुरा गरेको अबसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “सातौ मनास्लु राष्ट्रिय अर्वाड – २०८०” राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।
मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर प्रमुख अतिथि बरिष्ठ अधिबक्ता गौ बहादुर आले मगर बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा “एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड–२०८० मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका व्याक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्याक्तित्वहरुको प्रकाशित जिवनी एक तारा (भाग ७) को बिमोचन भएको छ ।