यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् । सेख ज्यायद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा हुनेछन् । मुम्बई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ। लिगमा आठौं खेल खेल्न लागेको मुम्बई यसअघिका ७ खेल मध्य पाँच खेलमा जित निकालेको छ । दोस्रो स्थानको मुम्बई १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको दिल्लीको ८ खेलबाट १२ अंक रहेको छ।
यता चौथो स्थानमा रहेको कोलकाता आजको खेलमा सहज जित निकाल्दै लिगमा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । सात खेलबाट कोलकाकाले ८ अंक जोडेको छ।