Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि सशस्त्र प्रहरीले बनायो १६ अस्थायी टहरा

पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि सशस्त्र प्रहरीले बनायो १६ अस्थायी टहरा

  • शनिवार, पौष ७ २०८०

  • 486
    SHARES

  • पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि सशस्त्र प्रहरीले बनायो १६ अस्थायी टहरा

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ । जस अन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिबेणि गाउँपालिकामा सातवटा निर्माण गरिएका छन् ।

    एकल महिला, अपांगता भएका, बृद्धअवस्थाका, बिरामी, विपन्न र सुत्केरीलाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण गरिएको हो ।

    एकल महिलाका लागि पाँच, अपांगता भएकाको चार, बृद्धअवस्थाको तीन, बिरामीको तीन र विपन्न तथा सुत्केरीको लागि एक/एकवटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।


    शनिवार, पौष ७ २०८०१०:३७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij