Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

धनुषा प्रकरण : प्रहरी कार्यालय घेराउ गर्न पुगेका दुईजना गोली लागेर घाइते

धनुषा प्रकरण : प्रहरी कार्यालय घेराउ गर्न पुगेका दुईजना गोली लागेर घाइते

  • शुक्रवार, पौष ६ २०८०

  • 845
    SHARES

  • धनुषा प्रकरण : प्रहरी कार्यालय घेराउ गर्न पुगेका दुईजना गोली लागेर घाइते

    काठमाडौं । धनुषाको हंसपुर नगरपालिका–५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन् ।

    स्थानीयको कुटाइले घाइते भएका व्यक्तिको प्रहरीको कुटाईबाट निधन भएको भन्दै आक्रोशित स्थानीय प्रहरी चौकी घेर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपको क्रममा भीडलाई हटाउन प्रहरीले गरेको हवाई फायरको क्रममा दुईजनालाई गोली लागेको हो ।

    गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । अन्सारीको बायाँ पाखुरा र मण्ड़लको दाहिने हातमा गोली लागेको हो । घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

    प्रहरीको गोली लागि घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरिएको छ । प्रहरीको गोली लागेर दुईजनासहित झडपमा परी तीनजना घाइते भएको स्थानीयले बताएका छन् ।

    यता जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीउपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादको क्रममा पकाउ गरी इलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी सई तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको साथै उपचारको क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।


    शुक्रवार, पौष ६ २०८००१:५०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij