Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिमको आठबीसकोटमा ट्रयाक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु

रुकुम पश्चिमको आठबीसकोटमा ट्रयाक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु

  • बिहिवार, पौष ५ २०८०

  • 389
    SHARES

  • रुकुम पश्चिमको आठबीसकोटमा ट्रयाक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

    बुधबार राति भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, सोही वडाको डाँडाका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाट घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितका लागि जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्रयाक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुको नगर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रयाक्टरका चालक आठबीसकोट– ९ का २१ वर्षीय गोपाल विक फरार रहेको प्रहरीले जनाएको छ ।


    बिहिवार, पौष ५ २०८००७:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij