Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बारामा भएको दुर्घटनामा तीन जनाको मृत्यु, २७ घाइते

बारामा भएको दुर्घटनामा तीन जनाको मृत्यु, २७ घाइते

  • बुधवार, पौष ४ २०८०

  • 406
    SHARES

  • बारामा भएको दुर्घटनामा तीन जनाको मृत्यु, २७ घाइते

    काठमाडौं । बारामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

    काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

    दुर्घटनामा परि मृत्यु हुनेमा ट्रक चालक तनहुँका २८ वर्षका पूर्ण गुरुङ, बस चालक हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेका छन् ।

    घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटौँडा तथा चितवन मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।


    बुधवार, पौष ४ २०८०१०:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij