Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डा. गोविन्द केसीले तोडे अनशन

डा. गोविन्द केसीले तोडे अनशन

  • सोमवार, पौष २ २०८०

  • 772
    SHARES

  • डा. गोविन्द केसीले तोडे अनशन
    काठमाडौं । डा. गोविन्द केसीले अनशन तोड्नुभएको छ । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उहाँले सोमबार अपराह्न ४ बजे अनशन तोड्नुभएको हो । 
     
    स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेका केसी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै हुनुहुन्छ । केसी धनगढीस्थित सेती अस्पतालमा केहीदिन भर्ना भएर उपचारमा रहने उहाँका सहयोगी डा. अमृत जैशीले जानकारी दिनुभयो ।
     
    १० दिनअघि पित्त थैलीको शल्यक्रिया गरेका उहाँको आइतबार ब्लड प्रेसर लो तथा पिसाबमा किटोनको लेभल बढी देखिएको थियो । धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा बसेका डा. केसीले कमजोरीका कारण आइतबारदेखि बोलचालसमेत कम गर्नुभएको थियो । 
     
    सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने र यसअघि आफूसित भएका सम्झौताहरू कार्यान्वयन गरिनुपर्ने माग राखेर केसी २१औँ पटक अनशनमा बस्नुभएको थियो।


    सोमवार, पौष २ २०८००४:४८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij