काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा चिसो बढ्ने क्रम जारी छ। चिसो बढ्ने क्रम बढेसँगै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखा अन्तर्गत मौसम विभागले आग्रह गरेको छ।
देशभरको तापक्रम अझै गिराबाट हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।