Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा आज थप ३ हजार ७४९ जनामा कोरोनाको संक्रमण पुष्टि

नेपालमा आज थप ३ हजार ७४९ जनामा कोरोनाको संक्रमण पुष्टि

  • बिहिवार, आश्विन २९ २०७७

  • 805
    SHARES

  • नेपालमा आज थप ३ हजार ७४९ जनामा कोरोनाको संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा आज (बिहिवार) थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बिहिवार, आश्विन २९ २०७७०४:४०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij