Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रहेनन् रुसी सेनामा कार्यरत टीकापुरका भरत, अधूरै रह्यो धन कमाउने आश...

रहेनन् रुसी सेनामा कार्यरत टीकापुरका भरत, अधूरै रह्यो धन कमाउने आश...

  • आइतवार, पौष १ २०८०

  • 2.2K
    SHARES

  • रहेनन् रुसी सेनामा कार्यरत टीकापुरका भरत, अधूरै रह्यो धन कमाउने आश...

    खेम बम

    काठमाडौं । रुसी सेनामा भर्ती भएका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युद्धको क्रममा मृत्यु भएको छ ।

    तीन महिनाअघि मात्रै रुसी सेनामा भर्ना भएका शाहको नोभेम्बर २६ अर्थात् मंसिर १० गते मृत्यु भएको मृतकका परिवारजनले जानकारी दिएका छन् ।

    भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रूपमा जानकारी दिइसकेको छैन । सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएको आफन्तले बताएका छन् । शव आउने–नआउनेसमेत टुङ्गो नभएपछि आइतबार शाहको परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । कुशको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा शाहको अन्तिम संस्कार गरिएको हो ।

    ट्राफिक प्रहरी रहेका शाह राजीनामा गरेर दुबई गएका थिए । दुबईमा रोयल सेकुरिटीमा रहेका उनी तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए । भर्ना भएको अढाई महिनामै उनको मृत्यु भयो ।

    सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    भरत घरका माइला हुन् । उनका कान्छा भाइ मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाकी छोरी रहेका छन् ।

    भरत समाजका निकै मिलनसार स्वभावका थिए । उनको मृत्युले टीकापुर र अछाम शोकमग्न बनेको छ । धन कमाउन गएका उनी कहिल्यै नफर्किने गरी अस्ताएका छन् । परिवारको जिम्मेवार व्यक्ति भएकोले पनि अबका दिनमा उनको अभाव खड्किने आफन्तको भनाइ छ ।

     

    पछिल्लो समय अवैधानिक रुपमा रुसी सेनामा भर्ना हुन जाने नेपालीको अकालमै मृत्यु हुने गरेको छ । रुस सरकारले पनि दुईचार दिन तालिम दिएर लडाइँमा पठाउने गरेको छ । लडाइँमा गएकाहरु फर्किने सम्भावना पनि कम देखिएको छ । नेपालकै एकजनाले भागेर ज्यान जोगाउँदा रुसी सेनाले बन्धक बनाएको थियो । हप्ता दिनपछि तिनलाई लडाइँमा पठाएको त्यहाँका नेपालीले बताएका छन् ।

    उनले आफ्नो पनि केही दिनमात्र हो भन्दै परिवारलाई म्यासेज पठाएको बुझिएको छ ।

     


    आइतवार, पौष १ २०८००७:३३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij