काठमाडौं । बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
मृतकमध्ये तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिनुभयो ।
‘चार जना मृत्यु भएको छ रोडमै पल्टिएको छ ट्याक्टर’, उहाँले भन्नुभयो, ‘उहाँहरूको घटनास्थलमै मृत्यु भएको हो ।’
बाजुरा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका गाइरहेको ट्र्याक्टर बडिमालिका नगरपालिका २ भौनेराखडिगाड नजिक दुर्घटना भएको थियो ।
निर्माण सामाग्री लिएर गएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।