Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

विवाहपञ्चमी महोत्सवमा दर्शनार्थीको घुइँचो

विवाहपञ्चमी महोत्सवमा दर्शनार्थीको घुइँचो

  • आइतवार, पौष १ २०८०

  • 291
    SHARES

  • विवाहपञ्चमी महोत्सवमा दर्शनार्थीको घुइँचो

    काठमाडौं । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज रामजानकीको विवाह आयोजना गरिँदै छ।

    यसका लागि जानकी मन्दिरको प्राङ्गण सजाइएको छ। विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात् बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान् रामको डोला अर्थात् बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछ।

    ​रंगभूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौंको संख्यामा उपस्थित तिर्थालुबीच मिथिला परम्परानुसार स्वयंवर कार्यक्रमको आयोजना हुने गर्दछ। स्वयंवर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तिर्थालुको उल्लेख्य संख्यामा उपस्थिति हुने गर्दछ।

    ​स्वयंवर कार्यक्रमको समापन भएपछि रंगभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रूपमा निस्कने शोभायात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुग्ने गर्दछ। जानकी मन्दिरकै प्राङ्गणमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तको उपस्थितिमा भगवान् राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ।

    ​मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गणमा हजारौँको संख्यामा तिर्थालु उपस्थित हुन्छन्।

    पछिल्लो वर्षको तुलनामा यो वर्ष दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा बढ्ने विश्वास गरिएको छ। रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीको घुइँचो लागेको छ।


    आइतवार, पौष १ २०८००२:५८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij