काठमाडौं। चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोबिन्द केसीले सुरु गरेको अनशनबिरूद्द धनगढीमा प्रदर्शन भएको छ । हिजो बेलुकादेखी केसी धनगढीमा अनशन बसेपछि त्यसको विरोधमा आज चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो।
सरोकार समितिकाअनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको मागविपरीत केसीले अनसन थालेपछि प्रर्दशन गर्नु परेको हो। सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन्।
हिजो साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेपनि डा.केसीलाई प्रदर्शनकारीले अबरोध गरेपछि त्यहाँवाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा सुरु गर्नुभएको छ। तर, अनसन बसेपछि स्थानीयले केसीबिरूद्द नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।