Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने

पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने

  • शनिवार, मंसिर ३० २०८०

  • 810
    SHARES

  • पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने

    काठमाडौं । कलाकार पल शाहको मुद्दामा गरेको फैसला कार्यान्वयन नहुने भएको छ । पलको फैसला दोहोर्‍याउन सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि उच्च अदालत पोखराले गरेको फैसला कार्यान्वयन नहुने भएको हो ।

    सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले विगतको फैसला लागु नर्गन आदेश जारी गरेको हो । सरकारी वकिलले फैसला चित्त नबुझेको भन्दै पलको मुद्दामा निस्सा मागेका थिए ।

    उच्च अदालत पोखराले अब सुनुवाइ दोहोर्‍याउँदै पुनः फैसला गर्नु पर्नेछ ।

    नाबालिग बलात्कारको अभियोग लागेका पलको मुद्दामा उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो ।

    371503492_274205418981667_4990771021727016081_n-1702698372 (1).jpg

     

     


    शनिवार, मंसिर ३० २०८०१०:२१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij