काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ। गएराति उहाँ विवाह समारोहमा सहभागी हुनुभएको थियो । विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। पाण्डे गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति पनि हुनुहुन्छ ।