यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज रोयल्स च्यालेन्जर्स बैंगलोरले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ । सारजहा क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनाका साथ मैदानमा उत्रिने छन्।
पन्जाबसँगको पहिलो खेलमा लजास्पद हार बेहोरेको बैंगलोर आजको खेलमा बदला लिने योजनामा छ । बैंगलोर पहिलो खेलमा पन्जाबसँग ९७ रनले पराजित गरको थियो । त्यसैले आजको खेलमा बैंगलोर सहज जितको अपेक्षामा हुनेछ । यता लगातार पराजित भएको पन्जाब आजको खेलमा जित निकाल्दै लिगमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ।
लिगमा ७ खेल खेलेको पन्जाबले एक खेलमा मात्र जित निकालेको छ। उक्त खेल बैंगलोरसँग थियो । समान खेल खेलेको बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ।