Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ६.५५ अंकको वृद्धि, ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

सेयर बजारमा ६.५५ अंकको वृद्धि, ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

  • बिहिवार, मंसिर २८ २०८०

  • 822
    SHARES

  • सेयर बजारमा ६.५५ अंकको वृद्धि, ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो
    काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बिहीबार(आज) ६.५५ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९४.६० विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.२६  प्रतिशतले बढेको छ।
     
    नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ३ अर्ब ९० करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब १५ करोडमा खुम्चिएको छ । कुल १४० कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै १.५ प्रतिशत बढ्यो ।
     
    विकास बैंक ५२, फाइनान्स ६, होटेल तथा पर्यटन ९, जलविद्युत् २४, उत्पादन २८, निर्जीवन बीमा ५५ र अन्य उपसमूह २२ अंक बढे । बैंकिङ ०.३४, जीवन बीमा १५, माइक्रोफाइनान्स १७ र व्यापार उपसमूह २६ अंक घटे ।
     
    यस दिन ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल ९बालाजु०, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिडसोलु पावर र मुक्तिनाथ कृषि कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । मुक्तिनाथ कृषि कम्पनीको आजैदेखि कारोबार सुरु भएको हो । सो कम्पनीको मूल्य प्रतिकित्ता १९६ रुपैयाँ ६० पैसा कायम भएको छ ।
     
    गुराँस लघुवित्तको मूल्य ४.९, मानुसी लघुवित्तको ४.७ र सीवाईसी लघुवित्तको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर मिनरल्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, शिवं सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।


    बिहिवार, मंसिर २८ २०८००३:४७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij