काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो अवैध सुन प्रकरणमा तीन सरसफाइ कर्मचारी पनि अनुसन्धानका लागि तानिएका छन्। उच्चस्तरिय छानबिन समितिले सोधपुछका लागि उनीहरूलाई लगिएको बताएको छ।
बाहिरी कम्पनीबाट करारमा राखिएका सफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
छानबिन समितिका प्रमुख मणिराम पौडेलकाअनुसार दुई कर्मचारीलाई पहिले नै नियन्त्रणमा लिएको भएपनि सुपरभाइजर पाण्डेलाई गएराति भक्तपुरबाट नियन्त्रणमा लिइएको हो।