Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

किर्ते कागजात प्रकरणमा विमानस्थल अध्यागमनका अधिकृत पक्राउ

किर्ते कागजात प्रकरणमा विमानस्थल अध्यागमनका अधिकृत पक्राउ

  • बुधवार, मंसिर २७ २०८०

  • 882
    SHARES

  • किर्ते कागजात प्रकरणमा विमानस्थल अध्यागमनका अधिकृत पक्राउ

    काठमाडौं । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले विमानस्थल अध्यागमनका अधिकृतलाई पक्राउ गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताउनुभयो ।

    प्रहरीले नेपाल वायुसेवा निगममा कार्यरत ३ जना अधिकृतहरूलाई पनि पक्राउ गरेको छ । वायुसेवामा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेल पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको छ ।

    किर्ते कागजात प्रकरणमा यसअघि नक्कली कागजात तयार गर्ने समूह, कन्सल्टेन्सी सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरू पनि पक्राउ परेका थिए । हालसम्म ३२ जनालाई पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिनुभयो ।


    बुधवार, मंसिर २७ २०८००२:२६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij