Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बुधवार, मंसिर २७ २०८०

  • 512
    SHARES

  • आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । देशभर जाडो बढेको छ । काठमाडौं उपत्यकामा आज यो वर्षसम्मै न्यून तापक्रम मापन गरिएको छ । आज बिहान पौने ६ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    यस्तै देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईमा हुस्सु र कुहिरोको लागिरहेको छ ।

    विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

    विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रही तराई भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


    हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।


    बुधवार, मंसिर २७ २०८००७:०५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij