Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी

  • मंगलवार, मंसिर २६ २०८०

  • 358
    SHARES

  • रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन अझै जारी

    जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते रातिगएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको संख्या यकिन भएको छ । जिल्लाका ६ वटै पालिकामा ती लाभग्राहीको संख्या यकिन भएको हो ।

    प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै संकलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

    उहाका अनुसार लाभग्राहीको विवरण संकलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ ।

    हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ ।

    अब संघीय सरकारले पठाएको रु ५० करोडमा रु ६ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो ।


    मंगलवार, मंसिर २६ २०८००८:४७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij