Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जाजरकोट र रुकुम भूकम्प प्रभावितका टहरा बनाउन कांग्रेसले कार्यकर्ता खटाउने

जाजरकोट र रुकुम भूकम्प प्रभावितका टहरा बनाउन कांग्रेसले कार्यकर्ता खटाउने

  • सोमवार, मंसिर २५ २०८०

  • 385
    SHARES

  • जाजरकोट र रुकुम भूकम्प प्रभावितका टहरा बनाउन कांग्रेसले कार्यकर्ता खटाउने

    काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसले जाजरकोट र रुकुमका भूकम्प प्रभावितका टहरा निर्माणका लागि दोस्रो चरणमा १० दिन कार्यकर्ता खटाउने भएको छ।

    महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले यस्तो निणर्य गरेको हो।

    कांग्रेसले अस्थायी घर टहरा निर्माणको दोस्रो चरण मंसिर २६ गतेदेखि पुससम्म रहने जनाएको छ।‘यस अवधिमा केन्द्रीय सदस्यको नेतृत्वमा घर टहरा निर्माण, समन्वय र सहजीकरणका लागि नयाँ टोली रहनेछन्।

    भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको तर्फबाट एक हजार अस्थायी घर टहरा निर्माण गर्ने प्रतिवद्धता पूरा गर्न दोस्रो चरणमा कार्यकर्त खटाउन लागिएको बताईएको छ।

    कांग्रेसले गत २२ गतेदेखि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितलाई राहत अभियान थाल्नुभएको थियो ।


    सोमवार, मंसिर २५ २०८००१:२२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij