Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जाजरकोट भूकम्पबाट अभिभावक गुमाएका ६ बालिकालाई भूमिका रसाइलीको काख

जाजरकोट भूकम्पबाट अभिभावक गुमाएका ६ बालिकालाई भूमिका रसाइलीको काख

  • आइतवार, मंसिर २४ २०८०

  • 1.6K
    SHARES

  • जाजरकोट भूकम्पबाट अभिभावक गुमाएका ६ बालिकालाई भूमिका रसाइलीको काख

    काठमाडौं । सल्यानी चेली भुमिका रसाइलीले गत कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्पमा परि आफ्ना परिवारका अभिभावक तथा सदस्यहरु गुमाएका ६ बालिकालाई उद्धार गरि काठमाडौं ल्याएकी छिन् । परिवर्तनका लागि हामी संस्थाकी संस्थापक अध्यक्ष रहेकी रसाइलीका अनुसार गास बास कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा सहित संस्थाले संरक्षण गर्ने गरि काठमाडौं ल्याईएको हो ।

    उद्धार गरिएका बालिकाहरुमा भुकम्पमा परि परिवारका सबै सदस्य गुमाएकी भेरी नगरपालिका १ की रविना विक, सोही वडामा बस्ने, केही महिना पहिले बुवाको मृत्यु भएको र भुकम्पले गर्दा घर विहिन बनेकी सपना वि।क। अनी मामाघरमा बस्दै आएकी र भुकम्पले मामलीहरुलाई पनि घर विहिन बनाईसकेको ब्यक्ति खुशी वि।क। रहेका छन् । खुसी बिकको बंश, जन्म घर पनि पत्ता लाग्न नसकेको अनी उनको आमा हालः भारतमा ज्याला मजदुरीको काम गर्ने गरेको र केही बर्ष अगाडी फोक्सोको समस्या कारणले बुवाको निधन भएको खबर प्राप्त भएको कुरा भुमिका रसाईलीले जानकारी दिईन् ।

    त्यस्तै भुकम्पमा बुबा र भाई गुमाएका नलगाड नगरपालिका वडा नम्बर ५ भगवती शाही र सविना शाही रहेका छन । त्यस्तै केही वर्ष पहिले बुवा गुमाएकी र भुकम्पले घर विहिन बनेकी नलगाड नगरपालिका वडा नम्बर ६ निरुता वि।क। छन् ।

    उनीहरुलाई १२ कक्षा सम्म संस्थागत विद्यालयमा पढाउने, गास बास कपास, स्वास्थ्य तथा शिक्षा, सुरक्षा सहित संस्थाले संरक्षण गर्ने कुरा भुमिका रसाईलीले जानकारी दिएकी छिन् । अहिले यो संस्थाले १६ जना दुर्गम क्षेत्रका बुवा आमा गुमाएका बालिकाहरुलाई संरक्षण गरेर राखेको छ । संस्थाले भुकम्प प्रभावित जाजरकोटका १५३ परिवारलाई खाद्यान्न सहयोग समेत गरेको थियो ।


    आइतवार, मंसिर २४ २०८००५:०७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij