Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना

  • आइतवार, मंसिर २४ २०८०

  • 555
    SHARES

  • नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गौतम बुद्ध विमानस्थलमा धर्ना
    काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै आइतबारदेखि विमानस्थलमा धर्ना सुरू भएको छ ।
     
    विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तराष्ट्रिय उडान गर्न सरकार उदासीन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा धर्ना सुरू भएको हो ।
     
    सञ्जालले गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेको थियो । जसअर्न्तगत शुक्रबार सञ्जालको आव्हानमा निजी क्षेत्रले भैरहवामा विरोध र्‍याली गरेको थियो ।
     
    धर्ना कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नेतृत्वमा बस्नेले विकास र समृद्धिका कुरा गरिरहँदा भैरहवामा भने निर्माण सम्पन्न भइसकेको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गरिदिनुपर्‍यो भनेर धर्नामा बस्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको बताउनुभयो ।
     
    गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलसँग लुम्बिनी प्रदेशसँगै समग्र मुलुककै भविष्य जोडिएकाले लुम्बिनी प्रदेशका सबै जनप्रतिनिधिले आफ्नो पदको बलिदानी दिने बेला आएको उहाँले बताउनुभयो ।
     
    लुम्बिनी प्रदेश सभा सदस्य बसिउद्धिन खानले लुम्बिनी प्रदेशको सम्पूर्ण प्रदेश सभा सदस्यको तर्फबाट धर्नामा आफ्नो उपस्थिति रहेको र आवश्यक परेमा हजारौं जनता धर्ना कार्यक्रममा उतार्ने बताउनुभयो ।
     
    सिद्धार्थनगर नपा–४ का वडाअध्यक्ष मुक्तिनाथ यादवले विमानस्थल निर्माणका लागि सयौं स्थानीय बासिन्दाले आफ्नो सम्पूर्ण घरखेत समेत दिएर बेघरबार बनेको बताउनुभयो।
     
    उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले विमानस्थल निर्माणमा अर्बौं लगानी गरेको सरकारले निजी क्षेत्रलाई पर्यटन विकासका लागि पूर्वाधार बनाउन भनेर पहिला उक्साउने र अहिले पछार्ने काम गरेको आरोप लगाउनुभयो ।
     
    सञ्जालको चरणबद्ध आन्दोलन कार्यक्रम अन्तर्गत आइतबारदेखि सुरु भएको धर्ना अर्को निर्णय नहुञ्जेल सम्मका लागि निरन्तर रहने जानकारी सञ्जालका प्रचार प्रचार संयोजक मधु पन्थीले दिनुभयो । उहाँका अनुसार, दैनिक २ घण्टाका दरले धर्ना कार्यक्रम विमानस्थल परिसरमा सञ्चालन हुनेछ ।


    आइतवार, मंसिर २४ २०८००२:२४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij