काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन पहल गरिरहेको बताउनु भएको छ ।
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन राष्ट्रिय सहमति बनाउन पहल गरिरहेको बताउनुभयो।
संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन ढिलो भइरहेको स्वीकार गर्दै उहाँले विद्यमान कानूनमा सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगका सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुनेगरी सो कार्यलाई छिट्टै निष्कर्षमा पुर्याउने प्रतिबद्धता दोहोयाउनु भएको छ।
कार्यक्रममा उहाहाले भन्न्ुभयो, ‘संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन ढिलो भइरहेको छ । विद्यमान कानूनमा सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगका सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुनेगरी सो कार्यलाई छिट्टै निष्कर्षमा पुर्याउने पहल सरकारले गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्न सरकार सदैव लागि परेको समेत बताउनुभयो ।