Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

झण्डै ७ किलो सुनसहित तीन जना विदेशी नागरिक पक्राउ

झण्डै ७ किलो सुनसहित तीन जना विदेशी नागरिक पक्राउ

  • आइतवार, मंसिर २४ २०८०

  • 422
    SHARES

  • झण्डै ७ किलो सुनसहित तीन जना विदेशी नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले झण्डै ७ किलो सुन बराबद गरेको छ । गएराति १२ बजे ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल प्रहरी कार्यालयका प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो । दुबईबाट आएका तीन विदेशी नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद रहेको चन्दले जानकारी दिनुभयो । त्यस्तै दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मानलाई पनि पक्राउ गरिएको उहाँको भनाइ छ ।


    दुई दिन अघि मात्रै फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो ।


    आइतवार, मंसिर २४ २०८०१०:५६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij