Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसान र गोरुको ज्यान गयो

बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसान र गोरुको ज्यान गयो

  • शनिवार, मंसिर २३ २०८०

  • 966
    SHARES

  • बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसान र गोरुको ज्यान गयो

    काठमाडौं । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा माधवनारायण नगरपालिका–७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११ः४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

    प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।


    शनिवार, मंसिर २३ २०८००४:२०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij