Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रारामा चार महिनायता चार हजार बढी पर्यटक भित्रिए

रारामा चार महिनायता चार हजार बढी पर्यटक भित्रिए

  • शनिवार, मंसिर २३ २०८०

  • 484
    SHARES

  • रारामा चार महिनायता चार हजार बढी पर्यटक भित्रिए

    काठमाडौं । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् ।

    गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

    यस वर्ष रारामा पर्यटक आगमन आशालाग्दो हिसाबले बढिरहेको कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताउनुभयो । दसैँ–तिहार बिदाको मौका पारेर रारामा आन्तरिक पर्यटक बढी आएका उहाँको भनाइ थियो ।

    पर्यटकको आगमन बढेसँगै चार महिनामा रू १२ लाख राजस्व सङ्कलन भएको धितालले जानकारी दिनुभयो । गत वर्ष रारा भ्रमणमा आन्तरिक पर्यटक ११ हजार, सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना आएका निकुञ्जले जानकारी दिएको छ ।

    रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति रू एक सय, सार्क मुलुककासँग प्रतिव्यक्ति रू एक हजार पाँच सय र अन्य विदेशीसँग रू तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको धिमालले जानकारी दिनुभयो ।

    हवाईमार्गबाट ७५ र सडकमार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् । सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनसकेको छैन ।


    शनिवार, मंसिर २३ २०८००२:२१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij