Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

  • बुधवार, आश्विन २८ २०७७

  • 1.2K
    SHARES

  • धनगढीमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते

    कैलाली । धनगढीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

    घाइते हुनेमा धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ ।

    खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

     

    प्रहरी निरीक्षक हिकमत थापाको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पुराएको थियो । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।आगलागीबाट घरमा क्षति भएको छ ।


    बुधवार, आश्विन २८ २०७७०२:४४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij