Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज देशभरको मौसम कस्तो रहला ?

आज देशभरको मौसम कस्तो रहला ?

  • शनिवार, मंसिर २३ २०८०

  • 410
    SHARES

  • आज देशभरको मौसम कस्तो रहला ?

    काठमाडौं । देशभर चिसो बढेको छ । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भेगको केही स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ।


    शनिवार, मंसिर २३ २०८००७:४२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij