Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

१४ किलो सुन तस्करीबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

१४ किलो सुन तस्करीबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

  • शुक्रवार, मंसिर २२ २०८०

  • 523
    SHARES

  • १४ किलो सुन तस्करीबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद अन्दाजी १४ किलो सुन तस्करीको छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय समिति गठन गरेको छ। 
     
    बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार(आज) विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। 
     
    पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वको समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङ्गाना रहेको जानकारी दिनुभयो। 
     
    बिहीबार राति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो। फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११:४० बजे काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रमुख भन्सार प्रशासक पाण्डेले जानकारी दिनुभयो।  
     
    विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको थियो। सुनसहित काठमाडौं उत्रिएका चन्द्र घले र उक्त कार्यमा संलग्न रहेको भनिएका गोरखाका अर्का मीनबहादुर घलेलाई समेत पक्राउ थियो।


    शुक्रवार, मंसिर २२ २०८००२:३१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij