Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

  • शुक्रवार, मंसिर २२ २०८०

  • 494
    SHARES

  • विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ

    काठमाडौँ । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित एक जनालाई पक्राउ परेका छन् । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट गए राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीले बताउनुभयो ।

    राति ११ जेर ५६ मिनेटमा फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो। घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।

    सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।

    चन्द्र घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको छ ।


    शुक्रवार, मंसिर २२ २०८००७:०२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij