Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • शुक्रवार, मंसिर २२ २०८०

  • 558
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । केहिदिनदेखि देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकासहित देशभर आज भने घाम लाग्ने भएको छ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ 

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राति भने  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 


    शुक्रवार, मंसिर २२ २०८००६:३२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij