Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पत्रकार ढकालको हत्या आरोपमा ४ जना पक्राउ

पत्रकार ढकालको हत्या आरोपमा ४ जना पक्राउ

  • बिहिवार, मंसिर २१ २०८०

  • 3.2K
    SHARES

  • पत्रकार ढकालको हत्या आरोपमा ४ जना पक्राउ

    काठमाडौं। धादिङको कृष्णभिरमा मृत फेला परेका पत्रकार प्रकाश ढकालको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। ढकालको हत्या आरोपमा जिल्ला प्रहरी कार्याल धादिङले ४ जनालाई पक्राउ गरेको हो।

    धादिङ प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सन्तोष परियार, निलबहादुर दर्जी, समीर विक र रविराज सुवेदी छन्। पक्राउ परेका ४ जनामध्ये १ जना बसका साहु, १ जना चालक र २ जना सहचालक रहेको प्रहरीले जनाएको छ।पत्रकार ढकालको हत्या आरोपमा ४ जना पक्राउ

    प्रहरीले पत्रकार एवं कलाकारसमेत रहेका ढकाल तिहारमा आफ्नो घर स्याङ्जाको चापाकोट गएका थिए। स्याङ्जाबाट काठमाडौं फर्किने क्रममा बसमा विवादमा भएपछि कुटपिट गर्दै बसबाट झारेको पाइएको जनाएको छ।

    उनीहरुले विवाद भएपछि रातिको समयमा बसबाट ढकाललाई झारेका थिए।४ दिनदेखि हराइरहेका ढकालको शव मंसिर ४ गते कृष्णभिरमा भेटिएको थियो।

    त्रिशुली नदीमा ¥याफ्टिङ गर्ने व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव संकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

     


    बिहिवार, मंसिर २१ २०८००२:४२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij