Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रदूषण बढेसँगै काठमाडौंको वायु ‘अस्वस्थकर’, प्रदूषणको मात्रा १७५ एक्यूआई

प्रदूषण बढेसँगै काठमाडौंको वायु ‘अस्वस्थकर’, प्रदूषणको मात्रा १७५ एक्यूआई

  • बिहिवार, मंसिर २१ २०८०

  • 577
    SHARES

  • प्रदूषण बढेसँगै काठमाडौंको वायु ‘अस्वस्थकर’, प्रदूषणको मात्रा १७५ एक्यूआई

    काठमाडौं। काठमाडौंको वायु अत्यन्तै अस्वस्थकर बनेको छ। प्रदूषण बढेसँगै उपत्यकामा अधिकांश स्थानको वायुमा प्रदूषणको मात्रा १५० एक्यूआई (वायुको गुणस्तर सूचकांक) भन्दा माथि पुगेको छ।

    वातावरण विभागको वायुको गाुणस्तर सूचक यन्त्रमा आज कीर्तिपुर सबैभन्दा प्रदूषित देखिएको छ। आज अपराह्न १२ बजे रेकर्ड भएको तथ्यांकअनुसार कीर्तिपुरमा प्रदूषणको मात्रा १७५ एक्यूआई पुगेको छ।

    खुमलटारमा १७३, पुलचोकमा १६८, शंखपार्कमा १६५,भैँसेपाटीमा १६४ र रत्नपार्कमा १५८ एक्यूआई देखिएको छ।विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ। १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ ।

    यस्ता कणहरू श्वासप्रश्वासको माध्यमबाट सजिलै भित्र छिर्ने, जम्मा भएर बसिरहने र रगतको माध्यमबाट सबै अंगमा फैलिने भएकाले घातक हुने विज्ञहरू बताउँछन् ।


    बिहिवार, मंसिर २१ २०८००२:२८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij