Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना कम

काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना कम

  • बिहिवार, मंसिर २१ २०८०

  • 776
    SHARES

  • काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना कम

    काठमाडौं । पश्चिमी वायु र भारतको छत्तिसगढमाथिको आकाशमा रहेको न्युनचापीय क्षेत्रको आंशिक प्रभावले काठमाडौंसहित देशका अधिकांश क्षेत्रको आकाश बादलले ढाकेको छ । बिहीबार विहानदेखि घाम नलागेका कारण चिसो बढेको छ ।

    मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार कर्णाली र सुदूरपश्‍चिम प्रदेशबाहेकका क्षेत्रमा मौसम सफा छैन ।

    बिहीबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा मौसम बदली हुने मौसमविद् नगरकोटीले बताउनुभयो। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।

    बिहीबार दिउँसो काठमाडौँको वायुको तापक्रम १४ डिग्री सेन्सियस छ भने पारदर्शिता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी काठमाडौँमा बिहीबार बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो । अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसको बीचमा रहने मौसमविद् नगरकोटीले बताउनुभयो ।


    बिहिवार, मंसिर २१ २०८००१:३८:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij