Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आजदेखि पशुपतिक्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

आजदेखि पशुपतिक्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

  • बिहिवार, मंसिर २१ २०८०

  • 390
    SHARES

  • आजदेखि पशुपतिक्षेत्रमा  मासु, मदिरा र नसालु पदार्थ निषेध

    काठमाडौं । पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ ।

    बालाचतुर्दशी पर्व शतवीजारोपण पर्वलाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो ।

    गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।

    बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ ।


    बिहिवार, मंसिर २१ २०८००८:३६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij