Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बुधवार, मंसिर २० २०८०

  • 391
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । देशभर जाडो बढेको छ । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी र उच्च पहाडी भू–भागमा वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, मधेस प्रदेशका साथै पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

    विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

     


    बुधवार, मंसिर २० २०८००८:०४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij