एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगलको राष्ट्रिय टिममा रहेका रोनाल्डोलाई कोरोनाको संक्रमण देखिएको हो ।
पोर्चुगिज फुटबल महासंघले रोनाल्डोमाथि कोरोना संक्रमण भएको पुष्टि गरेको छ । ३५ वर्षीय युभेन्ट्सका फरवार्डलाई कुनै लक्षण देखिएको छैन । उनलाई राष्ट्रिय टिमबाट बिदा गरिएको छ । राष्ट्रिय टिमबाट बिदा भएका रोनाल्डोले एकान्तवास सुरु गरेका छन् ।
पोर्चुगलले नेसन्स लिग फुटबलमा बुधबार आज स्विडेनसंग प्रतिस्पर्धा गर्दैछ ।रोनाल्डोको अनुपस्थितीमा फर्नान्डो सान्तोस पोर्चुगलको टिममा छनोट हुन सक्नेछन् ।
गत आईतबार भएको फ्रान्सविरुद्धको खेलमा पोर्चुगलले गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो ।