Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपिएल: चेन्नईद्वारा हैदराबाद पराजित

आईपिएल: चेन्नईद्वारा हैदराबाद पराजित

  • बुधवार, आश्विन २८ २०७७

  • 1.3K
    SHARES

  • आईपिएल: चेन्नईद्वारा हैदराबाद पराजित

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ ।

    दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

    हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए ।

    चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २र२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक एक विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

    चेन्नईका लागि शेन वाट्सनले सर्वाधिक ४२ रन बनाए । अम्बाती रायडुले ४१ रन जोड्दा साम करनले ३१ रन बनाए ।कप्तान महेन्द्र सिंह धोनी २१ रनमा आउट हुँदा रबिन्द्र जडेजाले अविजित रहदै २५ रन बनाए ।

    हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २र२ विकेट लिए ।जितसँगै चेन्नईले हैदराबादविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

    यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो ।जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ ।

    हैदराबादको यो पाँचौ हार हो । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

     

     


    बुधवार, आश्विन २८ २०७७०६:३४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij