Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

यस्तो रहने छ आज देशभरको मौसम

यस्तो रहने छ आज देशभरको मौसम

  • आइतवार, मंसिर १७ २०८०

  • 406
    SHARES

  • यस्तो रहने छ आज देशभरको मौसम

    काठमाडौं । देशभर चिसो बढेको छ र कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भागको मौसम सामान्यतया सफा छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    महाशाखाका अनुसार राति कोशी, ​बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    आइतवार, मंसिर १७ २०८००७:२०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij