Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भूकम्प प्रभावितका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि झण्डै २४ करोड निकासा

भूकम्प प्रभावितका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि झण्डै २४ करोड निकासा

  • शनिवार, मंसिर १६ २०८०

  • 407
    SHARES

  • भूकम्प प्रभावितका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि झण्डै २४ करोड निकासा

    काठमाडौं । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम हिजो शुक्रबार एकै दिन झण्डै २४ करोड निकासा गरिएको छ।

    बिहीबारसम्म रु २२ करोड ९ लाख रकम निकासा गरिएकोमा आज थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिनुभयो ।

    आजसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार आज निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागि समेत छ।

    उहाँका अनुसार जाजरकोटका ९ हजार एक सय १६ मध्ये तीन हजार तीन सय ९ जना लाभग्राहीलाई रु आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ।

    यस्तै बाजुराका एक हजार तीन सय ९६ मध्ये दुई सय १४ परिवारलाई रु ५४ लाख ५० हजार, रुकुम पश्चिमका १४ हजार दुई सय २४ लाभग्राहीका लागि रु ३५ करोड ५६ लाख, बझाङका दुई हजार ३६ लाभग्राहीमध्ये पाँच सय ७७ परिवारका लागि रु एक करोड ४४ लाख २५ हजार रकम निकासा भएको छ।

    अझै सल्यानका एक हजार चार सय ८५ लाभग्राहीका लागि रकम निकासा गर्न बाँकी रहेको र छिट्टै निकासा हुने प्राधिकरणले जनाएको छ।


    शनिवार, मंसिर १६ २०८००७:४०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij