Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बाँके र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

बाँके र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

  • शुक्रवार, मंसिर १५ २०८०

  • 405
    SHARES

  • बाँके र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

    काठमाडौं । बाँकेको पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

    महेन्द्रनगरबाट काठमाडौँ आइरहेको बसले ठक्कर दिँदा राप्तिसोनारी गाउँपालिका–८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

    बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

    उता, कैलालीको लम्कीमा बसको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

    बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।


    शुक्रवार, मंसिर १५ २०८०१०:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij